पश्चिमी वायुको प्रभाव परेसंगै बिहानदेखि उपत्यकासहित देशभरको मौसममा बद्ली भएको छ । मौसमले दिन भरि नै असर गर्न सक्ने र्मासम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोख्रेलले बताइन् ।
उनले भनिन्, ‘दिनभर मौसम खुल्ने सम्भावना छैन ।’ उनका अनुसार राति पूर्वका केही ठाउँ, पश्चिमका केही ठाउँ, उच्च पहाडी भेग र हिमाली भेगमा हल्का हिउँ पर्न सक्नेछ । मौसमले केही दिन दुःख दिन सक्ने उनले बताइन् । उपत्यकासहित देशभरकै तापक्रम पनि घटेको छ ।












