पोर्चुगलमा कार्यरत एक नेपाली महिलाको निधन

प्रकाशित मिति:

बैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ ।पर्वतकी ४० वर्षीया देवीमाया गर्बुजा पुन मगरको मंगलबार मृत्यु भएको गैरआबासीय नेपाली संघ एनआरएनए पोर्चुगलले जनाएको छ ।

एनआरएनएका अनुसार मगरको लिस्बनस्थित घरमा उपचारको क्रममा मृत्यु भएको हो । उनी ५ वर्षदेखि पोर्चुगलमा कार्यरत थिइन् ।एनआरएनएले एक बिज्ञप्ति जारी गर्दै उनको दुस्खद निधनको खबरले सम्पूर्ण नेपालीहरुलाई अत्यन्तै दुखित एबम मर्माहित बनाएको जनाएको छ ।-खबरहब