बुटवल, २० साउन । राष्ट्रिय दलित पत्रकार संघ रुपन्देहीलाई क्रिष्टीयन समुदायका पास्टरहरुले खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।पास्टरहरु राजेश मगर, दीपक जीसी, देवरा बस्नेत,कृष्ण केसी,धिरज गौतम, दिप्या गौतम र साजन नेपालील िआफ्नो निजी स्रोतबाट राहत सहयोग गर्नुभएको हो ।चामल, दाल, नुन, मास्क र सेनीटाईजरलगायतका स्वास्थ्य सामग्री संघका रुपन्देही उपाध्यक्ष शशी परियारलाई पास्टर देवरा बस्नेतले हस्तान्तरण गर्नुभएको हो ।
संघका रुपन्देही उपाध्यक्ष शशी परियारले सहयोगी दाताहरुलाई धन्यवाद दिदै यो सहयोगले कोरोनाका कारण संकटमा परेका पत्रकारहरुलाई राहत पुग्ने बताउनु भयो ।कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष विनोद पहाडी, उपाध्यक्ष विनोद परियार, प्रदेश सदस्य जोगलाल नेपाली,समाजसेवी अमृत गहतराज,किसन बराल, भानुभक्त शर्मा, विरेन्द्र कुँवरलगायतको सहभागिता रहेको थियो ।









