नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षबाट विष्टले दिए राजीनामा

प्रकाशित मिति:

काठमाडौं– नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउबालाई भेटेर उनले राजिनामा पत्र बुझाएका हुन्। त्यसअघि टेलिभिजनका वरिष्ठ अधिकारीहरुलाई बिहीबार बोलाएर उनले राजीनामा दिन लागेको बताएका थिए। केपी ओली प्रधानमन्त्री भएको बेला विष्टले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा राजनीतिक नियुक्ति पाएका थिए।