भैरहवा । विगतमा पत्रकार महासंघ रुपन्देही क्षेत्रीय रुपमा विभाजन भएको भएता पनि यस पटक भने सबै क्षेत्रलाई समेटिएर नेतृत्वमा आएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए । पत्रकार महासंघ रुपन्देहीले मासिक रुपमा गर्ने बैठक समेत हरेक क्षेत्रमा गर्ने निर्णय रहेको भन्दै हरेक बैठक फरक फरक ठाउँमा हुने र रुपन्देहीका १६ ओटै स्थानीय तहमा बैठक बस्ने छौँ । कोभिडको महामारीका बेला पत्रकारहरु विस्थापित हुने अवस्था नओस भनेर पत्रकार महासंघ अभिभावक रहेकोले राहतको कार्यक्रम गरेको अध्यक्ष पोखरेलले बताए । मेरो कार्यकालमा क्षेत्रीय भेद्भाव हटाउने पहिलो प्राथमिकता रहेकोले सबै क्षेत्रको समान रुपमा पुरस्कार वितरण गर्ने, औपचारीक कार्यक्रम, तालिमका कार्यक्रम गर्दै अगाडि बढ्ने छौँ उनले भने ।
भैरहवा, लुम्बिनी, मर्चवार र धकधई क्षेत्रका क्रियाशील पत्रकारहरुको साझा संस्था रहेको क्लबका अध्यक्ष नरेश केसीले बताए । पत्रकार महासंघ रुपन्देहीले गर्ने हरेक कार्यमा लुम्बिनी प्रेस क्लबले पनि संस्थागत सहभागी भएर कार्य गर्न तयार छौँ अध्यक्ष के सीले भने । पत्रकारीतामा क्षेत्रीयता विभाजित रहेकोले समानतामूलक ढंगबाट रुपन्देहीको सबै क्षेत्रका कार्यक्रमहरु गर्दै अगाडि बढ्नु पर्छ उने भने ।देउसी भैलो खेल्ने क्रममा लुम्बिनी प्रेस क्लब जन्मिएको भैरहवा क्षेत्रमा रहेका क्रियाशील पत्रकार सङ्गठित भएको क्लबका संस्थापक अध्यक्ष माधब ढुङ्गानाले बताए । पत्रकारको सङ्ख्या वृद्धि भइरहेकोले प्रशिक्षित गराउँदै अगाडि बढ्नु पर्छ ढुङगानाले भने ।
रुपन्देहीमा पत्रकार धेरै भएतापनि गुणस्तरीय पत्रकार नभएको क्लबका कोषाध्यक्ष प्रकाश न्यौपानेले बताए । विगतमा चुनाव जित्नका लागि पत्रकारको महासंघको सदस्य दिने प्रचलन रहेको बताउँदै अहिलेको पत्रकार महासंघ रुपन्देहीको नेतृत्वले वास्तविक पत्रकारलाई मात्रै सदस्या दिन आग्रह गरे ।लुम्बिनी प्रेस क्लब छुट्टै संस्था भएतापनि पत्रकार महासंघ रुपन्देही भित्रकै संस्था रहेको क्लबका तालिम समिति संयोजक दिपेन्द्र बडुवालले बताए । महासंघ लुम्बिनी प्रेस क्लबको अभिभावक रहेकोले हरेक क्रियाकलापमा सहभागी गराउन बडुवालले आग्रह गरे ।
बुटवल र भैरहवा भन्ने क्षेत्रीयतवाद हटाएर साझा बनाएर अगाडि बढाउन क्लबका निर्वतमान कोषाध्यक्ष दिपक घिमिरेले बताए । अहिलेको पत्रकारीलता अनलाइन रहेकोले छापा मिडिया स्रह डिजिटल मिडियालाई प्राथमिकतामा दिन घिमिरेले आग्रह गरे ।रुपन्देही पत्रकार महासंघ बुटवल मात्रै केन्द्रित रहेकोले क्षेत्रीय रुपमा नहेरी रुपन्देही जिल्ला भरीका पत्रकारलाई समान रुपले हेर्न पत्रकार शोभाकान्त रेग्मीले बताए ।









