बुटवल, मंसिर १९ । बिष्णु माझिको आबाजमा दर्दनाक लोकदोहोरी गीत कसम
विगत लामो समय देखि नेपाली लोक सांगीतिक क्षेत्रमा आवाजका माध्यमबाट एक छत्र राज गर्न सफल निकै लोकप्रिय गायिका बिष्णु माझिको आबाजमा फेरी एउटा दर्दनाक लोकदोहोरी गीत कसम बजारमा आएको छ ।
शिब दर्शन फिल्मस् प्रालिको आधिकारीक युट्युव च्यानल मार्फत बुद्ध मियाको निकै मार्मिक लोक दोहोरी गीत कसम बजारमा आएको हो । गीत सार्वजनिक भएको केही दिनमा नै दर्सक स्रोताको मन जित्न सफल भएको छ । वियोगान्त शब्दमा तयार भएको गीत निकै राम्रो बनेको छ ।
तिमि विना म एक्लै भाकी छु
अभागी म रोइ हिडिराकी छु
धोका दियौ के गरम अबत
कसम कसम् मैले ढाटेकी छैननी
तिम्रै पिरले मर्छु होला म त…….
बोलको गीत बुद्ध मियाको लय, शब्द अनि बिष्णु माझी र बुद्ध मियाको आबाजमा सजिएको छ । गीतको भिडियो पनि निकै आकर्षक बनेको छ । चर्चीत मोडलहरु शगुन शगुन, बुद्ध, हुसेन र मबिनाको अभिनय रहेको छ ।
शिब दर्शन फिल्मस् प्रालीले बजार ब्यवस्थापन गरेको गीतको भिडियोमा निर्देशन दुर्गा पौडेल, सम्पादन नबिन घर्ति मगर र छायाँकन दुर्गा पौडेलकै रहेको छ ।
गीतको भिडियो हेर्नुहोस –













