सिन्धुपाल्चोक लिदी पहिरो पीडित ३१ परिवारले पाए अस्थायी आवास

प्रकाशित मिति:

काठमाडौं, साउन २४ : सिन्धुपाल्चोकको लिदीका पहिरो पीडित ३१ परिवारलाई नेपाली सेनाले स्थानीय बाँसखर्कमा आवास निर्माण गरी आइतबार हस्तान्तरण गरेको छ। ३० साउन ०७७ मा आएको पहिरोमा परी विस्थापित भएका परिवारलाई सेनाको २६ नम्बर बाहिनीले आवास निर्माण गरेको हो।

आइतबार एक कार्यक्रमका बीच बाहिनीपति सहायक रथी विष्णु राउतले ३१ अस्थायी आवास भवन, सात शौचालय, एक बाथरुम, एक क्यान्टिन र एक स्वास्थ्य चौकीको भवन जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन्।कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, जुगल गाउँपालिकाका अध्यक्ष, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधिलगायतको उपस्थिति थियो।उक्त पहिरोमा परी जुगल गाउँका ३९ जनाको मृत्यु हुनुका साथै २८ घरपरिवार पूर्ण रूपमा विस्थापित भएका थिए।