भारत–इङ्ल्यान्डलाई आईसीसीले तिरायाे जरिबाना

प्रकाशित मिति:

काठमाण्डौ – विश्व टेस्ट च्याम्पियनशिप अन्तर्गत भारत र इङ्ल्यान्डले “स्लो ओभर रेट” अर्थात् ओभर ढिलो गरेपछि अङ्क घटाइएको छ ।

च्याम्पियनशिप अन्तर्गत गएको बुधवारदेखि आइतवारसम्म भएको खेल वर्षाका कारण बराबरीमा रोकिएको थियो । खेल बराबरीमा रोकिएपछि दुवै टोलीले चाररचार अङ्क पाउने भए पनि ढिलो ओभर खेलेको भन्दै दुईरदुई अङ्कमात्रै पाउने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएको छ ।दुवै टोलीलाई म्याच रेफ्रीले यसअघि नै म्याच फी को ४० प्रतिशतका दरले जरिबाना गरिसकेका छन् । यसअघि सन् २०२० मा भारतसँगको खेलका क्रममा पनि ढिलो ओभर बलिङ गरेको भन्दै अस्ट्रेलियाको दुई अङ्क घटाइएको थियो ।

दुवै टोलीले तीव्र गतिका बलर रोजेका कारण ओभर ढिलो सकिएको हो । इङ्ल्यान्डले चार जना तीव्र गतिका बलर रोजेको थियो र एक जना पनि स्पिनर थिएनन् । भारतले स्पिन बलर रवीन्द्र जडेजालाई खेलाए पनि दुई सय ५० ओभर दुई बलमा उनले १६ ओभर मात्र गरे ।