अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा विहिबार बर्दघद्दाट १२ जहदामा रक्तदान तथा मास्क वितरण कार्यक्रम सम्पन्न,

प्रकाशित मिति:

विहिबार नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइएको छ । ‘खाद्य प्रणालीमा रूपान्तरण: मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नवलपरासी सहित देशभरि विभिन्न कार्यक्रम दिवस मनाइएको हो । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो ।

सरकारीरूपमा परिषद्को अगुवाइमा विसं २०७३ देखि मनाउन थालिएको हो । सरकारले विसं २०७२ मा युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । नेपालमा कूल जनसंख्याको ४०.३ प्रतिशत युवा रहेका छन् । यसैबीच, अन्र्तराष्ट्रिय युवा दिवसको अवसर पारि जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बर्दघाट १२ भटवलियाको आयोजना तथा वडा नम्बर १२ को आर्थिक सहयोग एवं नेपाल रेडक्रश सोसाइटी नवलपरासी जिल्ला शाखा र बुद्धमंगल उपशाखाको प्राविधिक सहयोगमा रक्तदान तथा मास्क वितरण कार्यक्रम विहिबार जहदामा सम्पन्न गरिएको छ । जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष सुरज केसीको अध्यक्षता तथा बर्दघाट वडा नम्बर १२ का वडाध्यक्ष मान बहादुर मल्लको प्रमुख आतिथ्यता एवं बर्दघाट वडा नम्बर १३ का वडाध्यक्ष नर बहादुर चौधरीको विशिष्ट आतिथ्यमा स्म्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि मल्लले पुस्तकालयले समाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरि सर्हानिय कार्य गरेको बताउदै संकलित रगतलाई कोभिडको महामारीमा प्रभावित भई आवश्यक परेका ब्यक्तिहरुलाई उपलब्ध गराउनुपर्ने बताउनु्भयो । सो अवसरमा अतिथिहरु वडा न्म्बर १२ का वडा सदस्य गजेन्द्र गिरि, लायन्स कल्ब अफ बुद्ध मंगलका अध्यक्ष कृष्ण प्रसाद गौतम लगाएतले बोल्नुभएको थियो ।

कार्यक्रममा पुस्तकालयद्धारा सञ्चालित ट्याग परियोजनाकी ट्यान गल्र्स मोनिका भुसाल सहित ४ जना महिला र ८ जना पुरुष गरि १२ जनाले रक्तदान गरेको र सो अवसरमा मास्क समकेत वितरण गरेको परियोजनाका प्राविधीक समयोजक लक्ष्मी धिताङले जानकारी दिनुभयो । जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका ब्यवस्थापन समिति जित बहादुर कोहारको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गोपाल सिंह आलेले गर्नुभएको थियो ।