रुपन्देहीमा एकैदिन ५२ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति:

रुपन्देहमिा पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार एक सय ६९ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म रुपन्देहीमा २९ हजार ८ सय १६ जनामा कोरोना संक्रमण पुष्ठी भएको छ भने २८ हजार ८ सय ५६ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणका कारण जिल्लामा ५ सय १९ जनाको मृत्यु भएको छ । त्यस्तै जिल्लामा हाल चार सय ४२ जना सक्रिय संक्रमीत रहेका छन् ।

कुन पालिकामा कति संक्रमित थपिए रु

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा २७, तिलोत्तमा नगरपालिकामा ८ र सैनामैना नगरपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ।

यस्तै सिद्धार्थनगर नगरपालिकामा ६, देवदह नगरपालिकामा ३ र कञ्चन गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।