प्रिन्सिपलको नेतृत्वमा कुटपिट भएको आरोप

प्रकाशित मिति:

बुटवल । रुपन्देहीको एक नीजि विद्यालयका प्रिन्सिपललले अर्को विद्यालयका शिक्षकलाई कुटपिट गरेको आरोप लागेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थित नवज्योति इङ्लिस बोर्डिङ स्कुलमा अध्यापनरत शिक्षक सागर न्यौपानेलाई कुँवरवर्ती इङ्लिस बोर्डिङ स्कुलका प्राचार्य दिपक खनालको नेतृत्वमा चारजनाले भौतिक आक्रमण गरेको विद्यालयले आरोप लगाएको छ ।

प्रिन्सिपल खनालसहित सोही विद्यालयमा कार्यरत शिक्षकहरु गोकुल खनाल, युवराज रिमाल र राहुल रेग्मीको समूहले सामुहिकरुपमा कुटपिट गरेकाले चारैजना विरुद्ध अभद्र व्यवहार अन्तर्गत इलाका प्रहरी कार्यालय बुटवलमा मुद्धा दर्ता भएको नवज्योति बोर्डिङले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुंवरले घटनाबारे अनुसन्धान भइरहेको बताए ।