बुटवल- रोटर्याक्ट क्लब अफ लुम्विनी स्टार्स र रोटरी क्लब अफ लुम्बिनी स्टार्सको संयुक्त बैठक शनिवार बुटवलमा सम्पन्न भएको छ । सदस्य प्रशिक्षण९मेम्बर ओरिन्टेसन० सहितको संयुक्त बैठकमा सदस्यहरुको काम कर्तब्य र दायित्वको विषयमा छलफल भएको थियो ।प्रशक्षिण कार्यक्रममा रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष यादव भण्डारीले सहजीकरण गर्दै सामाजिक र मानविय उत्थानको लागि आफ्नो स्वार्थ भन्दा माथि उठेर रोटरीका आवद्ध युवा सदस्यहरुले विविध सामाजिक क्रियाकलाप गर्दै समाज सेवामा लाग्नु पर्ने कुरामा जोड दिनु भयो ।
उहाले रोटरीररोट्याक क्लबको सङ्गठन विस्तारसँगै युवाहरूको जोश र जागरलाई सहकार्यमा परिणत गरि युवाहरूको सर्वाङ्गीण विकासको लागि इन्टराक्ट र रोटयाक्ट क्लब सदस्यहरू समुदायमा परिचित हुनु पर्ने सुझाव दिनु भयो ।रोट्याक डिष्ट्रिक ३२९२ का मेम्बरसिप एक्टेन्सन डाइरेक्टर मलिन भण्डारीले युवाहरुको क्षमता विकासको लागि क्लबले नयाँ परिर्वतित समय अुनसार कार्यक्रमहरु बनाउनु पर्ने र त्यसलाई सदस्यहरुले रोटरी रोट्¥याकको भावना अनुसार पालना गर्दै सक्रिय रहनु पर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा रोट्¥याक क्लब अफ लुम्विनी स्टार्सका संस्थापक अध्यक्ष विमल ढकालले सदस्य साथीहरूबीच आत्मीयता अभिवृद्धि गर्ने क्लबको एकमात्र लक्ष्य रहे तापनि क्लबका सदस्यहरूमा निहित सीप र साधनलाई समाजसेवामा प्रयोग गर्ने प्रेरणा पनि जगाउने काम गर्नै बताउनु भयो । बैठकको अध्यक्षाता गर्नु भएका रोट्¥याक क्लब अफ लुम्विनी स्टार्सका अध्यक्ष मुक्ति भण्डारीले सामाजिक, स्वास्थ्य, शैक्षिक र मानवीय सेवामा सेवारत रहने आफ्नो क्लबको उद्देश्य पुरा गराउन सदस्यहरुको सक्रियतामा निर्भर रहने हुदाँ मन वचन र कर्मले सेवा गर्न अनुरोध गर्नु भयो ।
बैठक रोट्¥याक क्लब अफ लुम्विनी स्टार्सका अध्यक्ष मुक्ति भण्डारी र रोटरी क्लब अफ लुम्विनी स्र्टासका कार्यबहाक अध्यक्ष विक्रम क्षेत्रीको संयुक्र अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव सुदिप न्यौपानेले र कार्यक्रम संयोजक गौरव पाण्डेले स्वागत तथा धन्यबाद ज्ञापन गरिमा पाण्डेले गर्नु भएको थियो ।








