बुटवल- नेपाल औषधी तथा विक्री प्रतिनिधी संघ ( NMSRA) को ५२ औँ स्थापना दिवस “NMSRA DAY ” को अवसरमा बुटवल स्थित देबिनगरमा अवस्थित नेपाल अपांग आश्रममा NMSRA बुटवल युनिटले त्यहा रहनुभएका अपांग ,असक्त तथा सुस्तमनस्थितीका करीब २५ जनालाई बिहानको खाना संगै अत्यावस्यक औषधी तथा सेनिटाइजर समेत हस्तान्तरण गरेको छ ।
बुटवल युनिटका अध्यक्ष बिष्णु प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आश्रमका सचिब बिमला गौतले मन्तव्य राख्नुभएको थियो । गौतमले संथालाई सहयोग गरेकोमा सम्पूर्ण संस्थाका सदस्य तथा शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै उहांले हाम्रो संस्था स्वदेश तथा बिदेशमा छरिएर रहेका सहयोगी मनहरुबाटै यहाँ सम्म पुगेको बताउनुभएको थियो । २०६७ सालमा स्थापना भएको आश्रमको लागी सरकार पक्षले कुनै पनि सहयोग नगरेको खण्डमा यस्ता संस्थाले दिनानुदिन सहयोग गर्दै आइरहेकोमा खुसी भएको बताउनुभएको थियो ।
कार्यक्रमका अध्यक्षता तथा बुटवल युनिटका अध्यक्ष बिष्णु प्रसाद ढकालले हाम्रो संस्था सदैब दिनदुखीहरुको सेवामा अनवरत खटिरहेको संस्था बताउदै आउँदा दिनमा पनि नेपाल अपांग आश्रमलाई यस्तै सहयोग गर्दै अघी बढ्ने प्रतिबद्दता ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा आश्रमका संस्थापक अध्यक्ष डोल ब राना , NMSRA बुटवल युनिटका कार्यसमिती सदस्यहरु तथा साधारण सदस्यहरुको उपस्थिति रहेको युनिटका सचिब बिमल ज्ञवालीले बताउनुभएको थियो । NMSRA बुटवल युनिटका सचिव बिमल ज्ञवालिको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।








