चापाकोटकै ठुला ब्यापारी रामप्रसाद देबकोटा सहित १८ जनाको टोलि एमाले परित्याग गरि काङ्ग्रेस प्रवेश
आन्तरिक कलहका कारण नेकपा एमालेको संगठन कमजोर बन्दै गइरहेको स्थितिमा स्याङ्जामा काङ्ग्रेस प्रवेश गर्ने एमाले नेता कार्यकर्ताको संख्या दिन दिनानुदिन बढिरहेको छ।सोमबार स्याङ्जा चापाकोट नगरपालिकाका ठुला ब्यपारी भनेर चिनिने खगेन्द्र देबकोटा (रामप्रसाद)सहित १८ जनाको टोलि नेकपा एमाले परित्याग गरि काङ्ग्रेस प्रवेश गरेका छन।
नेकपा एमाले परित्याग गरि काङ्ग्रेस प्रवेश गर्ने नब प्रबेशीलाई चापाकोट नगरपालिकाका नगरप्रमुख शिव कुमार गिरीले स्वागत गरेका थिए।
प्रवेशका क्रममा बोल्दै नब प्रबेशी खगेन्द्र देबकोटा९रामप्रसाद०ले अधिनायकवादलाई टेवा दिने,प्रतिगमनकारी,संविधान बिरोधि एमाले भएर बस्नुको औचित्य सकिएको कुरा व्यक्त गरेका थिए।
जनताको दुख सुखमा साथ दिने पार्टी काङ्ग्रेस भएको अनुभुती स्थानीय सरकारका काम क्रियाकलापलाई देख्दा अनुभुती भएकाले आफु काङ्ग्रेस बन्न स्वतस्फूर्त चाहना राखेर काङ्ग्रेस प्रवेश गरेको देबकोटाको भनाइ रहेको छ।नब प्रबेशीलाई स्वागत गरेका नगरप्रमुख गिरीले जनताको सुख दुखको सहयात्री नेपाली काङ्ग्रेस भएको टिप्पणी गर्दै लोकतन्त्रलाई बलियो बनाउन चाहने ब्यक्ति काङ्ग्रेस बन्नुको बिकल्प नभएको जिकिर गरेका थिए। सो पार्टी प्रवेश कार्यक्रम चापाकोट नगरपालिका वडा न १० रातमाटामा सम्पन्न भएको हो।








