रुपन्देहीमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि , १ को मृत्यु

प्रकाशित मिति:

भैरहवा, ३ भदौ । रुपन्देहमिा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार एक सय ८९ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म रुपन्देहीमा तिस हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २९ हजार एक सय जना संक्रमण मुक्त भएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा १ जनको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणका कारण जिल्लामा ५ सय २१ जनाको मृत्यु भएको छ । त्यस्तै जिल्लामा हाल चार सय ५६ जना सक्रिय संक्रमीत रहेका छन् ।

कुन पालिकामा कति संक्रमित थपिए ?

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा १६, तिलोत्तमा नगरपालिकामा ८ र देवदह नगरपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सैनामैना नगरपालिकामा ५, सिद्धार्थनगर नगरपालिकामा ३, कञ्चन, शुद्धोधन र सम्मरीमाई गाउँपालिकामा १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।