पौडी खेल्न गएका गैडहवाका एक पुरुष मृत अवस्थामा फेला

प्रकाशित मिति:

३ भदौ,कञ्चन-रुपन्देहीको गैडहवा गाउपालिकामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक पुरुष बिहिबार मृत अवस्थामा फेला परेका छन।भदौ २ गते बिहान करिब ११ बजेको समयमा स्थानिय छिर्कवा खोलामा पौडी खेल्नका लागि खोलामा हामफाल्दा गैडहवा गाउपालिका वडा नं।२ मानपुरका ४० बर्षिय राधे पासीलाई मृत अवस्थामा छिर्कवा खोलामै बिहिवार दिउसो १ बजेको समयमा फेला पारिएको ईलाका प्रहरी कार्यलय,सुर्यपुराका प्रहरी निरिक्षक राज कुमार पहाडीले जानकारी दिएका छन।

भदौ २ गते बिहान ११ बजे देखि पासी बेपत्ता भएको भन्ने स्थानियहरुबाट खवर पाए लगत्तै शसस्त्र प्रहरी बल लोण्डिहवा बेस क्याम्पको रेस्क्यु टोलीले खोजि कार्य गरेको भएपनि करिब २६ घण्टा पछि पासीले हाम फालेर बेपत्ता भएको करिब १ किमी तल छिर्कवा खोलामै पासीलाई मृत अवस्थामा फेला पारिएको शसस्त्र प्रहरी बल लोण्डिहवा बेस क्याम्पका शसस्त्र प्रहरी निरिक्षक सुशिरबाबु पन्तले जानकारी दिएका छन।

मृतक पासीको शवलाई पोष्टमार्टमका लागि भैरहवा स्थित भिम अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यलय,सुर्यपुराका प्रहरी निरीक्षक पहाडीले जानकारी दिए।