गाईजात्रामा देशभरका नेवारलाई बिदा

प्रकाशित मिति:

काठमाडौँ — सरकारले गाईजात्रामा उपत्यकासहित देशैभरका नेवार समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यसअघि उपत्यकामा मात्रै सार्वजनिक बिदा दिने प्रचलन थियो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले श्रीकृष्ण जन्माष्टमीका अवसरमा भदौ १४ मा पनि बिदा दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।