यौन जीवनलाई कसरी रोमाञ्चक बनाउने ?

प्रकाशित मिति:

दाम्पत्य सुखका लागि आनन्ददायक यौन एक अनिवार्य हिस्सा हो । यद्यपि धेरैजसो दम्पतीले त्यस्तो यौनसुख लिन सकिरहेका हुँदैनन्, जुन उनीहरु अपेक्षा गर्छन् । यौन क्रिया अघि वा पछि गरिने क्रियाकलापहरु महत्वपूर्ण हुन्छ । सोझै यौन क्रिया गर्नुभन्दा उत्तम हो, शारीरिक र भावनात्मक रुपले यौनका लागि उत्साहित हुनु ।

यसका निम्ति चरणवद्ध रुपमै संयमित र रोमाञ्चक यौन क्रियाकलाप गर्न जरुरी हुन्छ ।यौनले केवल सम्भोगलाई मात्र बताउने गर्दैन । यससँग सम्बन्धित अन्य क्रियाकलापलाई पनि बुझाउँछ । जस्तो स्पर्श, चुम्बन आदि । पर्याप्त समय दिनुहोस्यौन जीवनको लागि समय धेरै महत्त्वपूर्ण कुरा हो। समयको आवश्यकता जताततै देखिन्छ। यौन सम्पर्कको क्रममा जति धेरै समय तपाईं दिनुहुन्छ त्यति नै राम्रो परिणाम प्राप्त गर्न सकिन्छ ।रोमान्टिक मुड सेट गर्न समय लाग्छ । त्यसैले यौनको क्रममा हतार नगर्नुहोस् । पहिले साथीसँग हाँसिखुसी समय बिताउने कोसिस गर्नुहोस् । यसले मुड सेट गर्न मद्दत गर्दछ।

राम्रो कुराहरु गर्नुहोस्-कुराकानी जति गर्यो उति नै नयाँ कुरा आउँछ । धेरै कुराकानी गर्नाले ठूलो हदसम्म तपाईंलाई फाइदा पुग्न सक्छ। शयनको लागि ओच्छ्यानमा जाँदैमा राम्रो वार्तालाप गर्दै जानुहोस् । यसले दिमागलाई तनावमुक्त बनाउँछ। यदि दिमाग खुशी छ भने यसको फाइदा पनि धेरै हुन्छ ।पार्टनरसँग राम्रो कुराकानी गर्नु भनेको आत्मप्रशंसा गर्नु वा भाषण गर्नु होइन। न त तपाईंलाई प्रेरक कुरा गर्नु आवश्यक छ। बरु यस समयमा रोमान्टिक कुराहरू धेरै गर्नुपर्छ । तपाईंको पार्टनरलाई बधाई दिनुहोस् वा तपाईंको पार्टनरसँग तपाईंको विगतको अनुभव साझेदारी गर्नुहोस्।तपाईंको साथीको हात समातेर कुराकानी गर्नुहोस् । यसले मुड सेट गर्न मद्दत गर्छ। त्यसकारण कुराकानीको बखत पार्टनरको हात समात्नुहोस् र कुरा गर्नुहोस्। धेरै मानिसहरू अचानक एकअर्कासँग टासिन पुग्छन् । त्यसो गर्नबाट जोगिनु पर्छ।

कपाल मिलाइदिनुहोस्-केटीहरू आफ्नो कपाल बिस्तारै मिलाउन मन पराउँछन् । तपाईं यो चीजको फाइदा लिन सक्नुहुनेछ । यदि तपाईंले यसलाई राम्रोसँग प्रयोग गर्नुभयो भने यसले यौन अनुभवलाई रमाइलो बनाउँछ । यसले तपाईंको पार्टनरलाई राम्रो महसुस गराउँछ। तर राति अबेरसम्म यसो गरिरहँदा पार्टनर निद्रामा पर्न सक्छ। त्यसैले समयको पनि ख्याल गर्नुपर्छ । कपडा नखोली विभिन्न अंगमा स्पर्श गर्नुहोस्-पार्टनरको विभिन्न अंगमा कपडा नखोली स्पर्श गर्नुहोस् । यसमा पनि समयको ख्यषाल गर्नुपर्छ । केहीबेरमा बिस्तारै कपडा खोल्नुहोस् । यसो गर्नाले एक रोमान्टिक मुड सिर्जना गर्न सक्छ । आफ्नो आँखा बन्द गर्नुहोस् र महसुस गर्नुहोस्-जब तपाईं आफ्नो साथीसँग हुनुहुन्छ, कोठामा धुमिलो प्रकाश मात्र हुनुपर्छ । आँखा बन्द गर्नुहोस् र महसुस गर्नुहोस् कि पार्टनरको पलकहरू पनि बन्द गर्नुहोस् ।@onlinekhabar