प्रकाश न्यौपाने
भदौ ९ गते
नवलपरासी । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसिले संविधान विरोधी काम गर्ने र दम्भ देखाउने युगको समाप्त भएको बताउनुभएको छ । प्रेस संगठन नेपाल पश्चिम नवलपरासीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री केसिले पुर्व प्रधानमन्त्री केपी शर्मा ओलिलाइ इङ्कित गर्दै कसैले बार्दलीबाट गरेको हाँक अनुसार सरकार नचल्ने बताउनु भयो ।
नेकपा एमालले अहिलेको सरकार गैर कानुनी भएको भन्दै गरेको टिप्पणी तर्फ संकेत गर्दै जसले असंबैधानिक, अलोकतान्त्रीक ढंगले सरकार संचालन गरे उनीहरुले नै कानुन सिकाउनु हांस्यास्पद भएका केसिको भनाइ छ । एमाले आफैले साढे ३ बर्ष सरकारको नेतृत्व गर्दा संघियता कार्यान्वयन तर्फ ध्यान नदिएर प्रतिगमन तर्फ केन्द्रित भएको भन्दै अहिलेको सरकार पुर्ण रुपमा संविधानको मर्म अनुसार संचालन हुने बताउनुभयो ।
प्रदेश सरकारको पहिलो प्राथमिकतामा कोरोना विरुद्धको खोप नागरिकलाई उपलब्ध गराउने र संभावित तेश्रो भेरियन्टलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रमा आवश्यक सुधार सहित तयारी गरिएको पनि केशीले बताउनुभएको थियो ।
अघिल्लो सरकारले अध्यायदेश मार्फत ल्याएको बजेट फिर्ता गरी नयाँ बजेट ल्याईने र संघियताको मर्म अनुसार सरकारी संरचनामा समेत केही परिवर्तन हुने मुख्यमन्त्री केसिले बताउनु भयो ।
मन्त्रीमण्डल विस्तारको विषयमा संविधान अनुसार १७ वटा मन्त्रालय बनाउन पाउने अधिकार रहेकोले आवश्यकता अनुसार मन्त्रालय थपघट गरिने केसिको भनाई रहेको छ ।









