पछिल्लो २४ घण्टामा देशभर २४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशका विभिन्न स्थानमा गरिएको पीसीआर परीक्षणमा १८६२ र एन्टीजेनमा ६२० गरी २४८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ९७११ पीसीआर र ५५७९ एन्टीजेन परीक्षण भएका छन।









