नेपाल र ठाकुर नेतृत्वको दुबै दलले पाए वैधता

प्रकाशित मिति:

काठमाडौँ– निर्वाचन आयोगमा आज दुई नयाँ दल दर्ता भएका छन् ।एमालेबाट फुटेर बनेका नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी विधिसम्मत आयोगमा दर्ता भएका हुन् ।आज दिउँसो दुवै पार्टीका तर्फबाट पेश भएका नामहरुको सनाखत सम्पन्न भएको थियो । बुधबार बेलुका दुबै दलका प्रतिनिधिलाई बोलाएर प्रमाणपत्र दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले दुबै दललाई चुनाव चिन्ह दिनेबारे निर्णय पछि हुने जानकारी दिए ।आयोगका सचिव सुरेश अधिकारीले नेकपा ९एकीकृत समाजवादी०का नेता राजेन्द्रप्रसाद पाण्डे र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव झालाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेका हुन् ।नेकपा एमाले बाट विद्रोह गरी अलग राजनीतिक दलका लागि ५६ केन्द्रीय सदस्य र ३० सांसदले आयोगमा सशरीर उपस्थित भई नयाँ दलका पक्षमा सनाखत गरेका हुन् । राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।

दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेश गरेकामा भास्कर काफ्ले र रवीन कोइराला मात्र आज सनाखत हुन सकेन । पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गरेका छन् ।सङ्घीय संसद्का २९ जना सांसदले पनि नयाँ दलका पक्षमा सनाखत गरे । सांसद सोमप्रसाद पाण्डेय, मायादेवी ज्ञवाली र शारदा भट्टको निवेदनका बेला दस्तखत नभए पनि आज उक्त दलका पक्षमा सनाखतका लागि आयोग पुगेका थिए ।नेकपा एमालेबाट विभाजन भएका हुनाले उक्त दलको तत्कालीन कायम रहेको २०३ मध्ये दलको मान्यता पाउन ४१ केन्द्रीय सदस्य समर्थन आवश्यक पर्दथ्यो ।सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि दुबै दलले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । आयोगले आज प्रमाणपत्र प्रदान गरेसँगै दुबै दलले वैधना पाएका छन् ।