नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारी स्याङ्जा जाने हुनुभएको छ। केन्द्रीय सदस्य धनराज गुरुङको आमा स्वर्गीय प्यारी गुरुङलाई श्रद्धाञ्जली दिन शुक्रबार स्याङ्जा जान लाग्नुभएको उहाको सचिवालयले जनाएको छ। नेता भण्डारी पार्टीको १४ औँ महाधिवेशनलाई मध्यनजर गर्दै १२ गतेबाट केहि दिन गृह जिल्ला तनहुँमा रहने कार्यक्रम रहेको छ।









