कञ्चनका बाढी पिडितहरुलाई नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाले दियो आपतकालिन राहत
११ भदौ,कञ्चन- दुई दिन देखि लगातार झरीका कारण रुपन्देही जिल्ला कञ्चन गाउपालिकाका बाढी पिडितहरुलाई नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाले शुक्रवार नै राहत बितरण गरेको छ। कञ्चन ३,४,५ तथा १ र २ का अति उच्च जोखिममा परेका घरपरिवारलाई तत्काल आपतकालिन राहत स्वरुप कम्मल,लत्ता कपडा र खाध्य सामग्री बितरण गरेको नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाका कोषाध्यक्ष शसिधर सापकोटाले जानकारी दिनु भएको छ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीको सहयोगमा शुक्रवार कञ्चन ३,४ र ५ का बाढी पिडितहरुलाई उक्त राहत सामग्री बितरण गरिएको हो । बाकी उच्च जोखिममा रहेका पिडितहरुलाई शनिवार घटनास्थलमै गई बितरण गरिने नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाले जनाएको छ। जहाँ बिपत त्यहा रेडक्रस भन्ने भनाईलाई ब्यबहारमा लागु गर्दै आएको रेडक्रसले शुक्रवार नै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीको समन्वय तथा सहयोगमा कञ्चनका बाढी पिडितहरुलाई राहतको ब्यबस्था गरिएको नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाका उप सभापति गंगालाल पौडेलले जानकारी दिनु भयो ।
राहता सामग्री बितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाका पदाधिकारीहरुको सहभागित रहेको थियो भने शुक्रवार नै उपशाखाले बाढी प्रभाबित क्षेत्रमा गई स्थलगत अवलोकन गरेको थियो ।








