एकान्त टोल बिकास संस्थाको नवौ साधारणसभा सम्पन्न

प्रकाशित मिति:

दाङ, भदौ १२ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुर स्थित एकान्त टोल बिकास संस्थाको नवौ बार्षिक साधारणसभा आज शनिवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष शंकर गौतमको अध्यक्षतामा सम्पन्न साधारणसभाले एकान्त टोल बिकास संस्थाले पछिल्लो एक बर्षमा भए गरेका गतिबिधि र आगामी कार्यक्रमबारे समेटेर संस्थाका सचिव हेमराज शर्माले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष शरदकुमार आचार्यले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सर्व सहमतिले पारित गरेको छ ।

एकान्त टोल बिकास संस्थाका उपाध्यक्ष शिवा शर्माको स्वागत मन्तब्यबाट साधारणसभामा लिलाधर पन्थी, बासुदेव खनाल, तारा गौतम, केशव खनाल इन्द्रमणि अधिकारी, टंक सुवेदी, हेमराज अधिकारी, नारायणप्रसाद शर्मा, नरदेव आचार्य लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव हेमराज शर्माले गर्नु भएको थियो ।