भदौ १३, स्याङ्जा । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरीले सोही नगरपालिका वडा नं २ कि गम्भीर बिरामी सरस्वती रानालाई नगद रु ३ लाख उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ । चापाकोट नगरपालिका वडा नं २ निवासी पिताम्वर रानाकी ३७ वर्षकी छोरी सरस्वती राना विगत लामो समयदेखि हेमोलाईटिड एनेमिया रोगबाट ग्रसित हुनुभएको छ । उहाँको उपचारमा धेरै पैसा लाग्ने अवस्था रहेकाले परिवारले आर्थिक सहयोगका लागि अपील गरिरहेको थियो । सोही अवस्थालाई ध्यानमा राख्दै नगर प्रमुख गिरीले आज उहाँलाई उपचारका लागि सहज होस् भनेर आर्थिक सहयोग गर्नुभएको र अन्य व्यक्ति र सङ्घ संस्थालाई पनि सहयोगका लागि आह्यवान गर्नुभएको छ ।
रानाको बोनम्यारो प्रत्यारोपणका लागि अझ धेरै रकम आवश्यक पर्ने हुँदा उहाँको जीवन रक्षाका लागि विभिन्न संघ, संस्थाहरुसँग सहयोगका लागि नगरपालिकाले हार्दिक अनुरोध गरेको छ । साथै देश विदेशबाट उहाको जिवन रक्षाका लागी सहयोग गर्न चाहनेहरुले नेपाल बैङ्क लिमिटेड शाखा कार्यालय चापाकोटमा रहेको निज सरस्वती रानाको खाता नं १९००१७०६३२७२१८०००००१ मा जम्मा गर्न सकिने नगरपालिकाले जनाएको छ । (सम्पर्कका लागिः ९८४६११०३८८, ९८४५३१७२९१)












