बेलायतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा फेरि वृद्धि भएको छ। सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा बेलायतमा ३२ हजार १८१ जना नयाँ सङ्क्रमित थपिएका छन्। बेलायतमा अहिलेसम्म कूल सङ्क्रमितहरूको सङ्ख्या ६७ लाख ८९ हजार ५८१ रहेको अधिकारीहरूले जानकारी दिएका छन्।
कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये बेलायतमा पछिल्लो एक दिनमा कम्तीमा ५० जनाको मृत्यु भएको पाइएको छ। योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३२ हजार ५३५ जनाको मृत्यु भएको छ। कूल सङ्क्रमितमध्ये अहिलेसम्म ५४ लाख ६६ हजार ३१६ जना सङ्क्रमणमुक्त भइसकेको जनाइएको छ। बेलायतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या ११ लाख ९० हजार ७३० रहेको अधिकारीहरूले जानकारी दिएका छन्।









