प्रकाश न्यौपाने
भदौ १८
नवलपरासी। नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीले पत्रकार कल्याणकारी कोष स्थापना गरेको छ । विहिबार बसेको महासंघको कार्यसमिति बैठकले कोष स्थापना गर्ने निर्णय गर्दै कोषमा आर्थिक सहयोग गर्न अनुरोध समेत गरेको छ ।
बाढीका कारण धेरै पत्रकार अप्ठ्यारोमा परेका बेला कोषको आवश्यकता महसुस गर्दै आगामि दिनमा अन्य विपत्तिमा समेत पत्रकारलाई सहयोग गर्न सकिने भएकाले कोष स्थापना गर्ने निर्णय गरिएको महासङ्गका अध्यक्ष हरि शर्माले बताउनुभयो । प्रभु बैंक परासी शाखाको खाता नम्बर ०५००१५१९३९५०००११ रकम जम्मा गर्न सकिने बताउनु भएको छ ।
कोष संञ्चालनका लागी अध्यक्ष शर्माकै अध्यक्षतामा पाँच सदस्यीय समिति पनि बनाईएको छ । कोषमा बिहिवार नै २० हजार रुपैयाँ जम्मा भएको छ । जसमा लुम्बिनी दैनिक बुटवलले १० हजार र पत्रकार महासंघ पश्चिम नवलपरासीका कोषाध्यक्ष प्रकाश न्यौपाने र सहसचिव श्याम बुचा मगरले ५/५ हजार रकम जम्मा गरि सहयोग गर्नुभएको छ ।









