तं र म का कारण पार्टी विभाजन भयो : नेम्वाङ

प्रकाशित मिति:

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी विभाजन गरेर जानेहरुलाई आ आफ्नो ठाउँबाट प्रश्न गर्न आह्वान गरेका छन् । पार्टी निकट पेशागत तथा प्रगतिशील कानून व्यवसायी संगठन नेपाल (पीपीएलए) को कार्यक्रममा नेम्वाङले पार्टी विभाजनको औचित्य स्थापित हुन नसक्ने बताए । ‘तपाईहरु आ आफ्नो ठाउँबाट, घरघरबाट र गाउँगाउँबाट सोध्नुपर्छ, कुन विचाराधारा र दर्शनमा फरक पर्‍यो ? अनि दल विभाजन गर्नु भयो र?’, नेम्वाङले भने । दर्शन र विचारका कारण नभइ ‘तँ र म’ का कारण पार्टी विभाजन भएको उनले बताए ।