नेपाली चेलीले भारतमा पहिरिन ताज
मिस्टर एण्ड मिस ईन्डिया प्रतियोगिताको मिस क्याटवाकको उपाधी
हरिश ढकाल
बुटवल, २१ मंसिर । बुटवल ४ आदर्शनगर निवासी एक नेपाली चेलीले भारतको उत्तरान्चलमा आयोजित मिस्टर एण्ड मिस ईन्डिया प्रतियोगिताको मिस क्याटवाकको उपाधी जितेकी छन । भारतको उत्तरान्चल राज्यको नैनिताल स्थित हल्दवानीमा आयोजित उक्त प्रतियोगितामा बुटवलकी १८ बर्षिया किशोरी श्रेया सिंह कसौधनले उक्त उपाधी हात पार्न सफल भएकी हुन ।
नेपालका चलचित्र कलाकार मुरलीप्रसाद कशौधन र ईन्दुलक्ष्मी कशौधनकी सुपुत्री श्रेयाले उक्त उत्तरान्चल अडिसनमा सहभागि भै मिस क्याटवाकको उपाधी जित्न सफल भएको बताईन् । नेपाली किशोरीले भारतमा पुगेर उपाधी हासिल गर्नु निकै उपलब्धीपुर्ण भएको श्रेयाका पिता मुरली कशौधनले बताएका छन । एस.एस.आर ईन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न सो प्रतियोगितामा भारतको पुर्वान्चल, उत्तरान्चल, उत्तर प्रदेश, बिहार र नेपाल लगाएत बिभिन्न स्थानका ८० जनाको सहभागिता रहेको थियो । बुटवल स्थित श्री सिद्धी चिल्ड्रेन एकेडमीबाट प्रबेशिका परिक्षा उत्तिर्ण गरेकी श्रेयाले दिल्ली ग्रेटर नोयडा कलेजमा बिसिए अध्ययन गर्दै रहेको उनको पारिवारिक श्रोतले बताए । उक्त प्रतियोगितामा बिभिन्न उपाधी बिजेताहरु भारतको आगरामा हुने दोश्रो चरणको मेगा अडिसनमा सहभागि हुन पाउने एस.एस.आर ईन्टरटेन्मेन्टका निर्देशक सुप्रिया सिंहले जानकारी गराईन ।












