काठमाडौं, असोज १ ; सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ ।उक्त खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान राति ११ बजे त्यसतर्फ प्रस्थान गरेको हो । निगमका अनुसार खोप आज दिउँसो काठमाडौं आइपुग्ने छ ।
चीनसँग खरिद गरिएको उक्त खोप दिउँसो नेपाल आइपुग्ने र केही दिनमा फेरि खोप अभियान शुरु गरिने बुझिएको छ । सरकारले ६० लाख डोज खोप खरिद गरेकामा यसअघि १६ लाख डोज नेपाल ल्याइसकिएको छ ।नेपालमा अहिलेसम्म १ करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म थप १ करोड डोज खोप ल्याउने तयारी गरेको मन्त्रालयले जनाएको छ ।









