बुटवल। संविधान दिवसको पूर्वसन्ध्यामा वीर गोर्खाली अभियानले नेपालको संबिधान २०७२ र एमसीसी सम्झौताको विरुद्ध बुटवलमा रयाली सहित विशाल प्रदर्शन गरिएको छ।बुटवलको मणिग्राम बाट सुरुभएको रयाली नयाँमील जोगिकुटी हुँदै गोलपार्क बाट ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। संविधान जारी भएको ५ वर्ष नबित्दै संविधानको विरुद्ध प्रदर्शन र एमसिसी पास गर्न सरकारले अन्तर्राष्ट्रिय दबाब खेपिरहेको बेला संबिधान र एमसिसी विरुद्ध वीर गोर्खालीले शनिबार बुटवलमा बिशाल प्रदर्शन गरेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारलाई मात्रै होइन सिङ्गो गणतान्त्रिक ब्यबस्थालाई समेत धक्का पुगेको सहभागीहरूले बताएका छन्।
वीर गोर्खाली अभियानले गत बर्ष असोज २४ गते काठमाडौं बाट सुरु गरेको आन्दोलन कार्तिक १७ गते बुटवलमा हजारौं मोटरसाइकल सहित प्रदर्शन गरे पस्चात देशब्यापी ‘राजा आउ देश बचाउ’ भन्दै प्रदर्शन गरेको थियो ।राजावादी संघ संगठनको सबैभन्दा ठूलो र शक्तिशाली मानिएको वीर गोर्खाली अभियाले अघिल्लो बर्ष काठमाडौं, बुटवल, चितवन,पोखरा,कोहलपुर ,बिराटनगर, कपिलवस्तु ,बर्दिया, सुर्खेत, दाङ, बिरगंज, हेटौंडा लगायत देशका ठुला शहरहरुमा विशाल प्रदर्शन गरेको थियो।कार्यक्रम सन्चालन गर्दै वीर गोर्खाली अभियन्ता सौरभ भण्डारीले भने “बिदेशीले लेखिदिएको संबिधान भएकै कारण आज एमसीसी जस्तो रास्ट्रघाती सम्झौताले यो कथित संविधानलाई टाङ्गमुनी छिराएकोछ त्यसैले यो संविधान खारेज गरेपछि एमसीसी संवतस् खारेज हुन्छ।कार्यक्रममा सहभागीलाई स्वागत गर्दै वीर गोर्खाली अभियन्ता चिरण क्षेत्रीले रास्ट्रघातीहरुको विरुद्ध अग्र मोर्चामा रहेर लडनुपर्ने परिस्थिति आएकोले तयारी अवस्थामा रहन आव्हान गरे।
अर्का अभियन्ता दिपेन्द्र ढकालले भने “गणतन्त्रले देश अफगानिस्तान र सिरियाको बाटोमा गएको छ त्यसैले त्यो परिस्थितिमा जान रोक्नको लागी सबैलाई वीर गोर्खालीको इतिहास दोहोर्याउनु परे पनि हामी तयार छौं।देशको सार्बभौमसत्ता र राष्ट्रिय अखण्डताका लागि राष्ट्रिय एकतासहित राजसस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको विकल्प नभएको भन्दै देशका विभिन्न स्थानमा स्वस्फूर्त रूपमा नागरिकको सडक संघर्ष बाक्लिएको छ।कार्यक्रममा बोल्दै वीर गोर्खाली अभियन्ता बसन्त बिक्रम पाण्डेले बाइबलरुपी अहिलेको संबिधानले मुलुकलाई अस्थिरता तर्फ धकेलेको बताउदै अब २०४७ सालको संबिधानमा सबै फर्किनुको विकल्प नरहेको बताए।रर्यालीमा करिब ५ हजार भन्दा बढी मोटरसाइकल सहभागी रहेको दाबी गरेको छ। कार्यक्रमलाई ब्यबस्थित गर्न वीर गोर्खाली अभियन्ताहरु रामु थापा, प्रबिण थापा, दुर्गा पाण्डे, बिश्व अर्याल, सुर्यदेव राजावादी, हुसेन राजावादी लगायतको सक्रिय सहभागिता रहेको थियो।









