अर्घाखाँची महाधिवेशन प्रतिनिधिमा श्यामनाथ कश्यपको आकांक्षा, को हुन् त उनी ?

प्रकाशित मिति:

नारायण घिमिरे `भावुक-

नेपालको राजनैतिक परिबर्तनलाइ एतिहासिक रुपबाट विष्लेषण गर्दा २००७ सालको क्रान्ति पछि विभिन्न आन्दोलन परिबर्तन को लागि हुँदै गर्दा २०१७, २०१९, २०३६ पछि भयेको ०४६ सालको जनआन्दोलनको जग बाट नै आज देश संघीयता लोकतान्त्रीक गणतन्त्र सम्म आइपुगेको छ । अर्घाखांची जिल्ला २०४६ सालको जनआंदोलन पछी कांग्रेस गढको रुपमा स्थापित भयो । सुरुवातका राज्यका सबै खाले निर्वाचनमा कांग्रेस अग्रणी रहयो । नेता,कार्यकर्ताको अक्षुण एकता, सांगठनिक लगाब ,अनुशासन र नेता कार्यकर्तामा पार्टी द्वारा देखाइने गरेको मुल्यांकनका कारण पार्टीको साख उच्च रहेको कार्यकर्ता पङ्तीमा आभाश भएकै कारण कांग्रेस बलियो जनाधार भएको पार्टीको रुपमा जिल्लामा स्थापित भयो ।

अर्का तर्फ २०४६ सालको जनआन्दोलनको सुरुको दिन फागुन ०७ गते राज्यद्वारा पन्चायती सरकार ले पक्राउ गरि जेल जिवन, नजर बन्द हुँदै २०४८ सालको संसदिय निर्वाचनमा पार्टी प्रचार प्रसारको सिलसिलामा सांघातिक आक्रमण बाट मराणासन्न अवस्थाको स्थिती झेल्दै ,राजनितिक जिवनका धेरै आरोह अवरोह पार गर्दै आउनु भएका कांग्रेस नेता पुर्व महासमिती सदस्य, पुर्व जिल्ला उपसभापती श्यामनाथ कश्यप घिमिरे लाई पार्टीका स्थानिय अधिबेसन सम्पन्न गरी २०५७ कार्तिक २८ गते घरमा बसिरहेका बेला छापामार शैलीमा अपहरण गरियो ।अपहरण नितान्त कांग्रेस पार्टीको इमान्दार नेता भए वापत बन्दी साटासाट गर्ने राजनितिक आसयका साथ भएको विभिन्न संचार माध्यम बाट जानकारी गराइएको थियो। ४४ दिनको कठोर राजनैतिक बन्दी जिवन ब्यतित गरी पुष ९, २०५७ मा अपहरण मुक्त हुनु भएका श्री कश्यप हाल सम्म पनि नेपाली कांग्रेस पाटीको राजनितीमा अनवरत योगदान पुराइरहनु भएको नेता हुनुहुन्छ ।

बनारस बाट उच्च शिक्षा हासिल गर्ने क्रममा आफ्नो राजनैतिक यात्रा सुरु गर्नु भएका काश्यप घिमिरे नेपाल छात्र संघमा आबद्ध भइ बनारसमा स्व . महामानव बि .पि कोइराला, स्व. गणेशमान सिंह , स्व.कृष्ण प्रसाद भट्टराई, स्व. गिरिजा प्रसाद कोइराला स्व. शैलजा आचार्य ,स्व. सुशिल कोइराला ,रामचन्द्र पौडेल,ढुन्डिराज शास्त्री,प्रदीप गिरी डा. बि बि गुरुङ जस्ता नेताहरुको सामिप्यमा रही काम गरी सक्नु भएका उहां हाल सम्म पनि पार्टीका लागी निरन्तर योगदान दिई रहनु भएका नेताको रुपमा परिचित हुनुहुन्छ ।२०४६ सालको जनआन्दोलन र माओवादी शशस्त्र बिद्रोह पछी पार्टीका लागी जिवन उत्सर्ग गर्नु हुने आदरणिय नेताहरु,तीनका परिवार र राजनैतिक बन्दीका रुपमा अपहरित भई ४४ दिन लामो बन्दी जिवन ब्यतित गरी मुक्त हुनु भएका जिउँदो सहिद श्यामनाथ कश्यप घिमिरे प्रती नेपाली कांग्रेस अर्घाखाँचीले कस्तो मुल्याँकन गरेको छ कि छैन ? आम कार्यकर्ताको चासोको बिषय हो ।

पार्टीका लागी जिवन दिने नेता कार्यकर्ताको योगदानको पार्टीले संमान, कदर गर्नु नै आउने पिढीका लागी प्रेरणा बन्न सक्छ । आउँदै गरेको पार्टीको केन्द्रिय महाधिबेसन अगावै युवा नेतृत्वलाई उठाउदै जिल्ला पार्टी नेतृत्वले इतिहासलाई स्मरण गर्दै, समिक्षा गर्दै उचित मुल्यांकन गर्न सके कांग्रेस पार्टीले अग्रगामी फड्को मार्न सक्ने निसंदेह छ ।नेपाली काँग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीका पुर्व उपसभापति समेत रहनुभएका श्यामनाथ काश्यप पाणिनि गाउँपालिकाकाे काँग्रेसकाे पुरानाे नेता हुनुहुन्छ । उहाँ विगत २०७४ सालमा भएकाे स्थानीय निर्वाचन पाणिनि गाउँपालिकाकाे अध्यक्ष पदकाे उम्मेदवार बन्नका लागि तयारी समेत गर्नुभएको थियाे तर सहमति र सहकार्य लाई आत्मसात गरि काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन स्थानीय, प्रदेश र संघिय निर्वाचनमा कटिबद्ध रुपमा लाग्नुभयाे ।नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनमा युवा नेतृत्वलाई अघि सार्दै उहाँलाई पनि महाधिवेशनले राम्रो उपहार दिन सकोस् भने अर्घाखाँचीका आम काङ्ग्रेसिले इच्छा रहेको छ । यस १४ औं महाधिवेशनमा श्यामनाथ काश्यप खस आर्य तर्फ बाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।