काठमाडौं–सरकारले सम्पत्ति शुद्धिकरण, आतंकवादी क्रियाकलाप, भ्रष्ट्रचार र अन्य कुनै कसुरजन्य कार्यबाट भएको आम्दानीबाट लगानीमा छुट नभएको स्पष्ट पारेको छ।
सोमबार गृह अर्थ मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै सम्बन्धितका कसुरमा कानुन बमोजिम कारवाही हुनुपर्नेमा सरकार प्रतिवद्ध रहेको स्पष्ट पारेको हो।आर्थिक विधेयक २०७८ बाट आयकर ऐन २०५८ को दफा ११ ग थप गरि राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजना उद्योगमा लगानी गर्दा २०८० चैत्र मसान्तसम्मको लगानीमा स्रोत नखोजिने सन्दर्भमा सरकारको प्रष्टिकरण आएको हो ।









