नेपाली कांग्रेस, काठमाडौंको नगर अधिवेशन सरेको छ। भोलि (असोज ९ गते) का लागि तय भएको नगर अधिवेशन अब १६ गते मात्रै हुने भएको छ।
नगर अधिवेशनका लागि मतदाता नामावली तयार हुन नसकेका कारण १६ गतेका लागि सार्नुपरेको नेपाली कांग्रेस जिल्ला निर्वाचन समिति, काठमाडौंले जनाएको छ।काठमाडौंमा यही असोज ५ गते १३८ वडा अधिवेशन सम्पन्न भएको थियो।
तर, सो को प्रतिवेदन आउने क्रममा रहेको तथा १र२ ठाउँमा पुनः निर्वाचन गर्नुपर्ने अवस्थाका कारण ९ गते मतदाता नामावली तयार हुन कठिनाइ हुने निर्वाचन समितिको भनाई छ।








