बालबालिकाले दशैं अगाडि नै खोप पाउछन् : मन्त्री श्रेष्ठ

प्रकाशित मिति:

चितवन– बालबालिकाहरूले दशैं अगाडि नै कोभिड–१९ विरुद्धको खोप पाउने भएका छन्। सरकारले दशैं अगाडि नै बालबालिकालाई लगाउन १ लाख डोज खोप ल्याउने भएको हो।स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले शुक्रबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिए ।

उनले बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडोनारा’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको बताए ।

उनले भने, “बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ । फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।”आगामी चैत महिनाभित्र कोरोना विरुद्धको पूर्ण खोप लगाई सक्ने गरी ल्याइने तयारी गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए । उनले भने, “अहिले १८ वर्षमाथिका विद्यार्थी र ४५ वर्ष माथिकालाई खोप लगाइएको छ ।”