क्यान महासंघ रुपन्देहीको २०औं वार्षिक साधारणसभा सम्पन्न

प्रकाशित मिति:

बुटवल, असोज ।कम्प्युटर एसोसिएसन नेपाल महासंघ जिल्ला शाखा रुपन्देही क्यानको २०औं वार्षिक साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ । सूचना प्रविधिको विकास एवं प्रर्वद्धनका लागी स्थापना भएको क्यानले स्थापना कालदेखि निरन्तर रुपमा आफ्नो कार्यलाई अघि बढाउँदै सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधिको जानकारी गराउने कार्य गर्दैं आइरहेको छ ।कार्यक्रममा बोल्दै प्रमुख अथिति कम्प्युटर एसोसिएसन नेपाल महासंघका केन्द्रीय सदस्य नारायण प्रसाद श्रेष्ठले सूचना प्रविधि क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य अनुरुप रुपन्देही लाई ससक्त रुपमा अघि बढन सुझाब दिए ।

कार्यक्रममा क्यान महासंघ लुम्बिनी प्रदेशका सचिव नारायण खनाल, लुम्बिनी प्रदेश सदस्य रेश्मीराज घिमिरे ,जिल्ला शाखा पूर्व अध्यक्ष लोकहरी पाण्डे लगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न दुर्घटना र कोभिड १९ बाट दिवंगत सदस्यहरुको सम्झनामा १ मिनेट मौन प्रार्थना गरिएको थियो । कार्यक्रममा क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतमले वार्षिक प्रतिवेदन र भावी योजना प्रस्तुत गर्दै रुपन्देहीका दुई स्थानीय तह बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका सघं कार्यालयको लागी जग्गा प्राप्तिको पहल भइरहेको जानकारी दिए। त्यस्तै उनले बुटवल उपमहानगरपालीका संग मिलेर सडक डिभाइडरमा तारबार सहित बृक्षारोपण गरिने, रुपन्देहीका सम्पूर्ण आइटि ब्यवसायी र कर्मचारीलाई लक्षित गरी कर सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिने ,डिजिटल रुपन्देहीको अवधारणा ल्याउन तथा सूचना तथा संचार प्रविधिको विकासमा क्यानको महत्वूर्ण भूमिकालाई अझ सक्रिय बनाउने बताए ।

त्यस्तै अधिवेशनमा कोषाध्यक्ष सुभास घिमिरेले बार्षिक आर्थिक प्रतिवेदन तथा लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए कोषाध्यक्ष र अध्यक्षको प्रतिबेदन सर्बसम्मतले पारीत भएको थियो ।क्यान महासंघ रुपन्देहीका सहसचिव सुरेश चन्द भट्टराइले कार्यक्रम संचालन गरेका थिए भने सदस्यको तर्फबाट बुद्धि पराजुलिले अफ्नो भनाइ पस्तुत गरेका थिए ।