राष्ट्रपति विद्यादेवी भण्डारी शनिवार बुद्धजन्मस्थल लुम्विनी आउनु हुने भएको छ ।लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औ स्थापना दिवसका अवसरमा लुम्विनीमा हुने बिशेष कार्यक्रमका लागि राष्ट्रपति भण्डारी शनिवार बिहान लुम्विनी आउन लाग्नु भएको हो ।स्थापना दिवसका अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयले बिश्व बिद्यालयका नवनिर्मित ७ वटा भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।सोही कार्यक्रममा बौद्धधर्मको प्रचार प्रसारमा योगदान पुर्याएका बौद्ध धर्मका विद्धान र बिश्वबिद्यालयका पुर्वपदाधिकारीहरुलाई सम्मान गर्ने बिश्व बिद्यालयका निमित्त उपकुलपति तथा रजिष्टार तिलक आचार्यले जानकारी दिनुभयो ।
स्थापन दिवसका अवसरमा हुने बिशेष समारोहमा प्रदेश नम्वर ५ का प्रमुख उमाकान्त झा, संघिय सरकारका शिक्षामन्त्रि गिरीराजमणि पोखरेल, सस्कृति मन्त्रि रबिन्द्र अधिकारी, प्रदेश नम्वर ३ का सभामुख सानु श्रेष्ठ, प्रदेश नम्वर ५ का मन्त्रिहरु, रुपन्देही तथा आसपासका जिल्लाबाट प्रतिनिधि सभा र राष्टिय सभामा प्रतिनिधित्व गर्ने सदस्यहरु, प्रदेश नम्वर ५ का प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समिति तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरु सहित बौद्ध धर्म र शिक्षाप्रति रुचि राख्ने बिशिष्ट व्यक्तिहरुको सहभागिता रहने पनि आचार्यले जानकारी दिनुभयो ।बिश्व बिद्यालयले लुम्विनी बिकास कोष क्षेत्र परिसर भित्र ४ वटा र लुम्विनी कै खडैयामा ३ वटा भवन निर्माण गरेको छ । तिनै भवनको राष्टपति भण्डारीले उदघाटन गर्नु हुने छ ।त्यस्तै भिक्षु ज्ञानपुर्णिक महास्थबिर, भिक्षुणी धम्मावती, श्रीधर राणा रिम्पोक्षेलाई सम्मान गरीने छ ।त्यस्तै बिश्व बिद्यालयका पुर्व उपकुलपति प्रा.डा. तुल्सिराम बैद्य, प्रा.डा. त्रिरत्न मानन्धर, प्रा.डा. नरेशमान बज्राचार्य तथा पुर्व रजिष्टार डा. खडगमान श्रेष्ठ र डा. पिताम्वरलाल यादवलाई बिशेष सम्मान गरिने छ।बौद्ध विश्वविद्यालय परिसरमा हुने कार्यक्रममा सहभागि हुन राष्ट्रपति ११ बजे लुम्बिनी आउने बताइएको छ ।












