राष्ट्रपति द्धारा जितिया पर्वको शुभकामना

प्रकाशित मिति:

काठमाडौं – राष्ट्रपति विद्या भण्डारीले तराईमा मनाइने जितिया पर्वको शुभकामना दिएकी छन् । बुधबार शुभकामना शन्देश जारी गर्दै भण्डारीले जितिया पर्वको अवसरमा देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएकी हुन् ।

राष्ट्रपति भण्डारीले शुभकामना शन्देश मार्फत भौगोलिक‚सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने यस्ता पर्वहरूले परिवार र समुदायमा आपसी प्रेम‚ विश्वास र सहयोगको भावनालाई प्रगाढ बनाउनुका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन ।

यस पर्वबाट समाजमा विद्यमान अन्धविश्वास‚ विभेद र हिंसालाई अन्त्य गर्दै सभ्य‚ सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि अग्रसर हुन प्रेरणा मिलोस् भनी राष्ट्रपति भण्डारीले कामना गरेकी छन् ।