नेपाली काग्रेस राप्तीको पहिलो पदाधिकारी बैठक- पार्टिलाई सुदृढि, सवलीकृत र चलायमान बनाउन जोड

प्रकाशित मिति:

नेपाली काग्रेस राप्तीको नवनिर्वाचित पदाधिकारीहरुको पहिलो बैठक सम्पन्न भएको छ ।नेपाली काग्रेसको १४ औ महाधिबेशबाट राप्ती गाउँपालिकामा सर्बसम्मत निर्वाचित पालिका सभापति विद्याशरण चौधरीको अध्यक्षतामा बसेको पदाधिकारीहरुको बैठकले पार्टिलाई चलायमान गराउदै पार्टिको सुदृढिकरण र सवलीकरणका लागि आँठ विषयमा निणर्य गरेको छ ।

बैठकले पालिका तथा वडा स्तरको सर्ब सम्मतरुपमा पदाधिकारी चयनमा सहयोग पुराउने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । पार्टिको विधान अनुरुप जिम्मेवारी प्रदानकालागि सभापतिले प्रस्ताव गरे बमोजिम सर्बसम्मत रुपमा वडा नं १ का पुणर् जंग रेश्मी मगर लाई नेपाली काग्रेस राप्ती गाउँपालिकाको कोषाध्यक्ष, सचिव तिर्थराज ज्ञवालीलाई पार्टिको प्रबक्ता तथा बलराम शाहिलाई सदस्यमा मनोनित गरेको छ ।

राप्ती गाउँपालिकाका नेपाली काग्रेसका सम्पुणर् वडा सभापतिहरुको समेत सहभागीता रहको बैठकले वडा नं ४ मा स्थापना गरिएको पार्टि कार्यालय असोज २१ गते उद्घाटन गर्ने निणर्य गरेको छ । हरेक महिनाको दोस्रो शनीवार नियमित बैठक बस्ने निणर्य गर्दै कोष स्थापना, सञ्चालन र ब्यवस्थापनका लागि सभापति विद्याशरण चौधरी, सचिव चैन कुमार चौधरी र कोषाध्यक्ष पुणर् जंग रेश्मी मगरलाई बैक खाता सञ्चालनका लागि जिम्मेवारी प्रदान गरेको छ ।

बैठकमा उस सभापति स्यामा रावतले स्वागत तथा वडा सभापति पदम बहादुर पु्न, युवराज भुसाल, श्रीधर खत्रि, पोमलाल गीरी, चुडामणी पोख्रेल, विर बहादुर चौधरी र तेज बहादुर कार्कीले अधिबेशनको समिक्षाको साथै आगामी योजनाका बारेमा जानकारी गर्नु भएको थियो ।पालिका पदाधिकारीको प्रथम बैठकले नेपाली काग्रेस राप्तीगाउँपालिकाले आगामी असोज २१ गते विजया दशमिको अवसरमा वडा नं ५ को खौराहा बाबा पर्यटकीय क्षेत्रमा शुभकामना आदान प्रदान तथा चिया पान कार्यक्रमको आयोजना गर्ने निणर्य गरेको छ ।