१३ असोज, काठमाडौं । ट्रेवल फेसन कन्सर्न प्रालीद्वारा (Treble Fashion Concern Pvt. Ltd.) द लुक” फेसन सोको अन्तर्गत आजबाट आधिकारिक प्रशिक्षण सुरु भएको छ । प्रशिक्षण कार्यक्रमा ३० जनाको सहभागि भएको आयोजकले जनाएको छ । कार्यक्रमको आयोजक रुपमा ट्रेवल फेसन कन्सर्न प्राली रहेको छ । भने काठमाडौं स्थित गोकर्णश्वर नगरपालिकाले कार्यक्रममा सहकार्य तथा समन्वय गरेको छ ।
विगतमा पनि यस ट्रेवल फेसन कन्सर्न प्रालीले फेसन तथा ग्याल्मर सम्वन्धित धैरै कार्यक्रमहरु आयोजना गरिसकेको छ । जसमा फेसन सो कार्यक्रम अन्तर्गत मिस डिवाइन ब्युटी नेपाल २०२१, मिस र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिताहरु सम्पन्न गरिसकको थियो । यो कम्पनी सन् २००१ देखी निरन्तर फेसन तथा ग्यामरस फिल्डमा सक्रिय रुपमा कार्यरत छ । कोरोना कहरका कारण फेसन संग सम्वन्धित कार्यक्रम गर्न नपाएको तर फेरी एक वर्ष पछि हामी द लुक्क (The look ) फेसन सो कार्यक्रम ल्याएको तथा आजबाट प्रशिक्षण कार्यक्रम रहेको ट्रेवल फेसन कन्सर्न प्रालीका सीईओ तथा कार्यक्रमका संयोजक शैलेन्द्र श्रेष्ठले डिजिटल खबरलाई जानकारी दिनुभयो ।
फेसन सोको पहिलो ईभेन्टको रुपमा पहिलो चरणको फोटोसुट दोस्रो चरणको फोटो सुट असोज ०९ कार्यक्रम भैसकेको कार्यक्रमका संयोजक श्रेष्ठले बताउनुभयो ।कार्यक्रम सहयोगको रुपमा टिवेटन इन्टरन्यासनल होटेल, बेली फोटोग्राफी लगायत अनलाई मिडिया पाटनरको रुपमा डिजिटल खवर तथा सपोर्टको रुपमा पपकर् मिडिया रहेका छन् ।कार्यक्रमको अवरसरमा फेसन सो, संगित, आधुनिक नृत्य, साँस्कृतिक नृत्य, नाटक लगायत अन्य प्रस्तुतिहरु हुने छ । कार्यक्रमको उद्धेय भनेको महिला दिदि बहिनीहरुलाई अवसरको साथै मोटिभेसनको लागि पनि हो उनले भन्नुभयो । नयाँ मोडलिङ,फिल्म,म्यूजिक क्षेत्रमा आउने चाहाना भएको व्यक्तिलाई अवसर रुपमा लिन सकिन्छ । साथै अगामी कार्यक्रमको रुपमा कम्पनीबाट चाडै लिटल आइडल नेपाल सिजन ४ आयोजना गर्ने आयोजकले बताउनुभयो ।












