पत्रकार महासंघ रुपन्देहीद्धारा सल्लाहकार मनोनयन

प्रकाशित मिति:

बुटवल, असोज १५ । नेपाल पत्रकार महासंघ रुपन्देहीले सल्लाहाकार मनोनयन गरेको छ । महासंघको शुक्रबार बसेको बैठकले सल्लाहकारमा डा. बालकृष्ण चापागाई, विनोद पहाडी, हरि लम्साल, शेर बहादुर केसी, यानेन्द्र जिसि, दिनेश पाण्डे, खिमानन्द भट्टराई, इन्दिरा अर्याल र माधव ढुंगानालाई मनोनन गर्ने निर्णय गरेको हो । केसी, जिसि र पाण्डे विधान अनुसारका सल्लाहकार हुन ।

बैठकले श्रमजिवि पत्रकारहरुलाई दशैं अगावै बाँकी बक्यौता सहित सबै प्रकारको सेवा सुविधा उपलब्ध गराइ सहज वातावरण बनाउन समेत सञ्चारगृहलाई आग्रह गरेको छ । महासंघ रुपन्देहीका अधयक्ष रामराज पोखरेलको अध्यक्षतामा बसेको बैठकले दशैं, तिहार तथा छठ पर्वको अवसरमा शूभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको सचिव विनोद परियारले जानकारी दिए ।