भैरहवा, १६ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर नगर कमिटीको आठौं अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले कृष्ण मल्ल ठकुरीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।जसको उपाध्यक्षमा फिरोज धुनिया, प्रविन आचार्य, समिर कार्की, आयुष अधिकारी, अनिश थापा, सचिवमा रोशन थापा, कोषाध्यक्षमा प्रितम पुन, सह–सचिवमा मनिषराज पाण्डे र आकाश खड्का रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले रुपन्देहीका जिल्ला सदस्य तथा सिद्धार्थनगर कमिटी सह–इञ्चार्ज प्रेम कुमारी सेञ्चुरीले एमाले अन्य राजनीतिक दल भन्दा फरक ढंगले अगाडी बढेको बताए । उनले एमालेलाई पाखा लगाउने प्रयास सफल नहुने दावी गरे । सेञ्चुरीले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले मुलुकमा धेरै विकासका कामहरु भएको बताए । ‘केही महिना÷वर्षपछि ओलीकै नेतृत्वमा सरकार निर्माण हुन्छ, ’उनले भने । राष्ट्रिय युवा संघ, नेपालले एमालेसंग समन्वय गर्दै अगाडी बढ्नुपर्नेमा उनले जोड दिए ।
राष्ट्रिय युवा संघ, नेपालका स्थायी कमिटी सदस्य केशव रोक्काले मुलुकको राजनीतिक सामाजिक परिवर्तनको युवाको भूमिका महत्वपूर्ण रहेको बताए । राष्ट्रिय युवा संघका केन्द्रीय सचिवालय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष मनोज गौचनले युवा संघले रचनात्मक कार्य गर्दै आएको बताए ।संघका केन्द्रीय सचिवालय सदस्य बुद्धिराज थापाले विभिन्न कार्यक्रममा युवाले हातेमालो गर्दै आएको बताए । एमाले लुम्बिनी प्रदेश विभाग सदस्य डासुराम पाण्डेले शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारले जनताको समस्या समाधान गर्न नसक्ने दावी गरे ।
एमाले क्षेत्र नम्बर ३ समन्वय कमिटी सदस्य नरेन्द्र भण्डारीले युवा संघको काधमा जिम्मेवारी आएको बताए । एमाले सिद्धार्थनगरका सचिव चक्र बहादुर थापा, सिद्धार्थनगर कार्यालय सदस्य नारायण प्रसाद भण्डारी, एमाले सिद्धार्थनगर वडा नम्बर १२ का इञ्चार्ज कुमार गुरुङ, सिद्धार्थनगर–८ का अध्यक्ष धु्रव अधिकारी लगायतले बोल्दै एमाले नेतृत्वको सरकारमा भएका कामहरु जनताले बुझेको बताए ।राष्ट्रिय युवा संघ, सिद्धार्थनगरका अध्यक्ष नर्जुन गुरुङको अध्यक्षता, एमाले युवा नेता वाई.पी. आचार्य (सुशान्त)को स्वागत तथा एमाले सिद्धार्थनगर–१३ का कार्यवाहक अध्यक्ष भीम भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । आगामी दिनमा राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर कमिटीले रचनात्मक कार्य गर्ने युवा संघ क्षेत्र नम्बर ३ का पूर्व इञ्चार्ज तथा मदन भण्डारी स्पोर्टस् एकेडेमी सिद्धार्थनगरका अध्यक्ष मिलन दर्लामीले बताए ।












