काठमाडौं, असोज , गते । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन् । दुतेर्तेको यस्तो घोषणालाई अनपेक्षित रुपमा हेरिएको छ । साथै आफ्नी छोरीलाई राजनीतिमा बाटो खुला गर्ने योजनाको रुपमा पनि व्याख्या भएको छ । ‘
आज म राजनीतिबाट संन्यास लिएको संन्यास लिएको घोषणा गर्छु,’ दुतेर्तेले शनिबार भनेका छन् । फिलिपिन्सको संविधान अनुसार राष्ट्रपति पदमा ६ वर्षे कार्यकालभन्दा बढी बस्न नपाउने प्रावधान छ । यद्यपि दुतेर्तेले राजीनितबाटै बिदा लिने आंकलन धेरैले गरेका थिएनन् । तर राजनीतिक विश्लेषकहरुले उनले कुनै पनि बेला अनौठो तरिकाले राजनीतिक कदम चाल्नसक्ने औंल्याएका थिए ।









