काठमाडौं– सरकारले सहसचिवसहित १६ जनाको सरूवा भएको छ। यीमध्ये ११ जना सिडिओ छन्।प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका प्रमुख जिल्ला अधिकारी सहसचिव हरिप्रसाद घिमिरे गृह मन्त्रालयमा तानिएकाछन्।
डडेलधुराको प्रमुख जिल्ला अधिकारीमा इलाका प्रशासन कार्यालयका उपसचिव मोहनराज जोशी पुगेकाछन्।गृह मन्त्रालयका सहसचिव कमलराज ढकाललाई भोजपुरको सिडिओ बनाइएको छ।गृहकै सहसचिव जयनारायण आचार्यको जिल्ला प्रशासन कार्यालय कास्कीमा सरूवा भएको छ।यस्तै लमजुङको सिडिओमा सुशील वैद्य, डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोमबहादुर महत, मनाङमा रवीन्द्रप्रसाद आचार्य, म्याग्दीमा चिरञ्जीवी राना, रसुवामा नवराज जैसी, तेह्रथुममा अनोजकुमार घिमिरे, सप्तरीमा विष्णु लामिछानेको सरूवा भएको हो।









