प्रधानमन्त्रीद्धारा नवनियुक्त जापानी प्रधानमन्त्री किसिदा फुमियोलाई बधाइ ज्ञापन

प्रकाशित मिति:

प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त जापानी प्रधानमन्त्री किसिदा फुमियोलाई बधाइ सन्देश पठाएका छन् । ‘नवनियुक्त जापानी प्रधानमन्त्री किसिदा फुमियोलाई हार्दिक बधाइ ज्ञापन गर्दछु,’ प्रधानमन्त्री देउवाले सन्देशमा भनेका छन्, ‘उहाँसँग मिलेर काम गर्न र नेपाल–जापान सम्बन्धलाई अझ उचाइमा पु¥याउन इच्छुक छु ।’निवर्तमान प्रधानमन्त्री योसिहिदे सुगाले राजीनामा दिएपछि उनको ठाउँमा ४ अक्टोबरमा किसिदा प्रधानमन्त्री निर्वाचित भएका हुन् ।