अभिनेता अरविन्द त्रिवेदीको निधन

प्रकाशित मिति:

लोकप्रिय टेलिभिजन शृंखला ‘रामायण’मा रावणको भूमिका निर्वाह गरेका अभिनेता अरविन्द त्रिवेदीको निधन भएको छ। उनको गएराति निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ८३ वर्षीय त्रिवेदीको गएराति १० बजे निधन भएको उनका भतिज कौस्तुभ त्रिवेदीले बताएका छन्। उनी केही दिनदेखि अस्वस्थ थिए। उनलाई कुनै गम्भीर रोग नभएको कौस्तुभले जनाएका छन्। अभिनेता त्रिवेदी पूर्वसांसद पनि हुन्।