‘माया पिरेम’ बोलको गीतमा साम्राज्ञीसँगै देलविस, राज र अलिसाको अभिनय

प्रकाशित मिति:

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको ‘माया पिरेम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। बुधवार ठमेलस्थित एलफ्ट होटलमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गरिएको हो।

यो गीतमा डीपी खनालको शब्द छ भने शंकर स्माइलको संगीत रहेको छ। गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर सुन्न सकिन्छ।माइकल चन्दको निर्देशन रहेको भिडियोमा साम्राज्ञीका साथै अलिसा शर्मा, देलविस दर्शनधारी र राज तुम्बाहाम्फेको अभिनय देख्न सकिन्छ।

गीतको भिडियोमा उत्सव दाहालको छायांकन र सिलन लम्सालको सम्पादन रहेको छ। म्युजिक भिडियोमार्फत देलविस र राजले अभिनयमा पाइला टेकेका हुन। यी दुई कलाकार चाडै नै चलचित्र क्षेत्रमा पनि डेब्यू गर्ने तयारीमा छन्। ट्री इन्टरटेन्मेन्टबाट बनेको भिडियोमा दिनेश दर्शनधारी र यशोधा राइको लगानी रहेको छ।