भैरहवा – भैरहवा मर्निङ वाक ग्रुपले विजया दशमी, दिपावली, नेपाल सम्वत तथा छठ पर्व २०७८ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
दशै पर्व सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्दै सत्यको विजय भएको दिन महत्त्वपूर्ण रहेको बह्रमकुमारी विश्वविद्यालयकि प्रमुख शान्ति दिदीले बताइन् ।
विजयादशमी, दिपावलीले देशविदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरू भेटघाट हुने र मान्यजनबाट आशिर्वाद दिने धार्मिक महत्त्व र विस्वास रहेको संस्थाका अध्यक्ष ओमकार गौचनले बताए ।
कार्यक्रममा संस्थापक अध्यक्ष विजय सागरले घटस्थापना र विजयादशमीको महत्त्व बारे प्रकाश पार्दै बिएमजी नागरिक सचेतना गराउने ग्रुप भएको बताए ।
लुम्बिनी प्रेसक्लबका अध्यक्ष नरेश केसीले विजयादशमी नेपालीहरुको महान चाड रहेको बताउँदै खर्चिलो नबनाई घरमा भएको जे जस्तो परिवारमा छ उसैमा रमाइलो गर्नु पर्ने बताए । कार्यक्रममा सिध्दार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपाने, सम्विधान सभा सदस्य इस्तियाक अहमद खान, सिनपा ७ का अध्यक्ष भिमसेन कर्मचार्य, उद्योगी नारायण अग्रवाल, कृष्ण शर्मा, कुलप्रसाद न्यौपाने, प्राध्यापक कपिलदेव, लामिछाने, डिल्लीराज भट्टराई, वैदिक सनातन धर्म सिद्धार्थ नगरकी अध्यक्ष विनिता श्रेष्ठ, शिक्षा विद् बालकृष्ण भट्टराई लगायतले मन्तव्य राखेका थिए ।








