अनेरास्ववियु रुपन्देहि जिल्लाको अध्यक्षमा शेषकान्त पोखरेल

प्रकाशित मिति:

बुटवल -नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रुपन्देहि जिल्लाको अध्यक्षमा शेषकान्त पोखरेल चयन भएका छन । अनेरास्वबियु रुपन्देहीको शनिवार सम्पन्न २३ औं सम्मेलनबाट पोखरेलले सर्बसम्मत अध्यक्षको जिम्मेबारी पाएका हुन पोखरेल बिगत १० बर्ष देखि अनेरास्ववियु पाल्पा जिल्लाका बिभिन्न कमिटिमा काम गदै हाल रुपन्देही जिल्लाको सह संयोजकको जिम्मेवारीमा थिए।

पोखरेलले अध्यक्षको जिम्मेबारी पाएसँगै पाटि एकतापछि कमजोर भएको संठनलाई बलियो बनाउदै संगठन बिस्तारलाई तिब्रताका साथ अगाडी बढाउने बताए। जिल्ला भित्र रहेका बिभिन्न क्याम्पसहरुमा संगठन निष्कृय हुदै गएको बताउदै तत्काल क्याम्पसहरुमा क्याम्पस कमिटी गठन गरि संगठनलाई थप बलियो बनाउदै लैजाने बताए ।

अनेरास्ववियुले दिएको जिम्मेबारिलाइ बहन गदै संगठनलाई थप बलियो बनाएर लैजाने बताए भेलाले शेषकान्त पोखरेललको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा भरत अर्याल ,रमेश ढकाल र शिब बेलवासे ,सचिवमा प्रकाश पराजुली रहेका छन् ।