कांग्रेसका नेता खरेलको निधन

प्रकाशित मिति:

तिलोत्तमाका युवा समाजसेवी तथा नेपाली कांग्रेसका नेता प्रेम नारायण खरेलको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा(४ नयामील निवासी खरेलको केही बर्ष पहिले मुटुको भल्ब फेरिएपछि उहाँ नियमित मुटुको उपचारमा हुनुहुन्थ्यो । समाजसेवी खरेलको शनिबार उपचारको क्रममा भारतको दिल्लीको मेदान्त अस्पतालमा निधन भएको नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले हामीलाई जानकारी दिए ।

५७ वर्षीय खरेल खरेल महासमिति सदस्य तथा पूर्व जिल्ला सदस्य समेत हुन् । स्वर्गिय खरेलका १ छोरा र ५ छोरी छन् । यस्तै नेपाली कांग्रेस रुपन्देहीले खरेलको निधन प्रति शोक व्यक्त गरेको छ । ५७ वर्षको उमेरमा उपचारको क्रममा दिल्लीमा शनिबार विहान भएको निधनले स्तब्ध एवं मर्माहत बनाएको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकद्धारा जारी शोक विज्ञप्तीमा उल्लेख छ । शोकमा कांग्रेस रुपन्देहीले ३ दिनसम्म पार्टीको झण्डा झुकाउने जनाएको छ ।